Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

स्वास्थ्य र सुरक्षा कोभिडको दोस्रो लहरबाट नागरिकलाई जोगाउदै ललितपुर महानगर प्रमुख चिरीबाबु

स्वास्थ्य र सुरक्षा कोभिडको दोस्रो लहरबाट नागरिकलाई जोगाउदै ललितपुर महानगर प्रमुख चिरीबाबु

  • Sequence-01.00_55_36_19.Still018-1024x576.jpgललितपुर ।  ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा आइतबार बसेको बैठकले नेपाल युथ फाउन्डेसनको पोषण पुनस्र्थापना गृहमा ५० शैय्याको आइसोलेसन सेन्टर सुरु गर्ने निर्णय गरेको हो । ललितपुर महानगरपालिकाले चिकित्सक, नर्स र अक्सिजन कन्सन्टे«टर( अक्सिजन उत्पादन गर्ने विद्युतीय मेसिन) सहितको आइसोलेसन सेन्टर सोमबारदेखि सुरु गर्ने महानगरप्रमुख महर्जन बताए । ललितपुर महानगरपालिका वडा नं २६ स्थित पोषण पुनस्र्थापना केन्द्र सुनाकोठीमा आइसोलेसन सेन्टर सुरु गर्ने तयारी अवस्थामा छ । नेपाल युथ फाउन्डेसन, पाटन अस्पताल लगायत अन्य रिफरल अस्पताल र महानगरबीच सोमबार त्रिपक्षीय सम्झौता गरी औपचारिक रुपमा आइसोलेसन सेन्टर सुरु गर्ने नगरप्रमुख महर्जन बताए ।  

    images
    images
    images

    Sequence-01.00_03_55_06.Still010-1024x576.jpgयसैगरी महानगरको वडा नं ४ बागडोलस्थित ज्यापु समाजको एक सय १० शैय्याको वृद्धाश्रम पनि आइसोलेसन सेन्टरका लागि तयार अवस्थामा रहेको छ । महर्जनले नगरवासीको स्वास्थ्य र सुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै कोभिडको दोस्रो लहरबाट नागरिकलाई जोगाउन महानगरले कुनै कसर बाँकी नराख्ने बताए । उनले भने,  महानगरले संचालन गरेका आइसोलेन सेन्टर उत्कृष्ट हुने दाबी गर्दै कोभिड पोजेटिभले उत्कृष्ट सेवा प्राप्त गर्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij