
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपालमा बितेको २४ घण्टामा मात्रै नेपालमा थप ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर एकैदिन १९ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकसंख्या ३ हजार २ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ८२ हजार ३ सय ८२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्रै १२ सय ८७ जना कोरोनामुक्त भइ घर फर्किएका हुन् । हाल नेपालमा कुल सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ रहेको छ भने ६७ जना क्वारेन्टाइनमा रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij