Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोरोनाको नयाँ रेकर्ड : एकैदिन ३३ जनाको मृत्यु, थपिए ५ हजार ७२७ जना संक्रमित

कोरोनाको नयाँ रेकर्ड : एकैदिन ३३ जनाको मृत्यु, थपिए ५ हजार ७२७ जना संक्रमित

  • काठमाडौँ । पछिल्ला केहि दिनमा नेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भइरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३३ जनाको मृत्यु भएसँगै मृतक संख्या ३ हजार २ सय ७९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय २८ जना कोरोना संक्रमणमुक्त भइ घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ८ सय १३ पुगेको छ । भने हाल क्वारेन्टाइनमा ५५ जना मात्रै रहेका छन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij