
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थेग्नै नसकिने गरी कोरोना संक्रमित बढिरहेको भन्दै थप सतर्क र संवेदनशील बन्न अपिल रहन आग्रह गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोरोना संक्रमण निकै डरलाग्दो भएको जनाएको हो । विज्ञप्तिमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कन्चनपुरमा संक्रमण दर निकै डरलाग्दो भएको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij