Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

अनुहार र छालाको सौन्दर्यता कायम राख्न दैनिक लगाउनुहोस् सनस्क्रिन, हुनेछ फाइदै फाइदा

अनुहार र छालाको सौन्दर्यता कायम राख्न दैनिक लगाउनुहोस् सनस्क्रिन, हुनेछ फाइदै फाइदा

  • काठमाडौं । सनस्क्रिन जसलाई सनब्लक वा सन ट्यान लोशनको नामले चिनिन्छ। यो लोशन, स्प्रे, जेल, फोम जस्तो विस्तारित प्रकारमा बजारमा पाइने गर्दछ। यसले सूर्यको अल्ट्राभायोलेट (युभी) विकिरणलाई अवशोषित गर्दछ। यसको दैनिक प्रयोगले अनुहारको छालाबाट दाग धब्बाहरु हटाउन, चाउरीपन घटाउन देखि छिट्टै बुढ्यौली देखिने समस्याहरुबाट बचाउँने गर्दछ। यसैगरी, सनस्क्रिनमा एसपीएफ र पीए भ्यालु हुने गर्दछ। एसपीएफ भनेको सन प्रोटेक्टिङ फ्याक्टर हो । एसपीएफले सूर्यबाट आउने अल्ट्राभायोलेट विकिरण ’ए’ को लागि काम गर्छ भने पीए भ्यालुले अल्ट्राभायोलेट विकिरण ’बि’ को लागि काम गर्ने गर्दछ। किनभने, दुवै किरणहरुले छालालाई नकारात्मक असर पारिरहेको हुन्छ। त्यसैगरी, बढी एसपीएफ भएको क्रिम लगाउँदा त्यसले राम्रो काम गर्ने र कम एसपीएफ भ्यालु भएको क्रिमले काम नगर्ने भ्रम रहिआएको छ। औसतरुपमा एसपीएफ भ्यालु २० वा त्योभन्दा बढीको सनस्क्रिन लगाउँदा छाला तथा यसको सौन्दर्यतालाई राम्रो गर्ने चर्म तथा सौन्दर्यतामा विषेश आर्कषक देखिने गर्दछ । 

    onlinepatrika
    Arghakhachi

    एसपीएफ भ्यालुको रेञ्ज कम्पनी अनुसार फरक फरक हुन्छ।  छालालाई कुन रेञ्जले सुविधा पुग्छ, त्यो लगाउँदा उपयुक्त हुन्छ। कम्तिमा एसपीएफ भ्यालु २० भएको सनस्क्रिन उपयोग गर्दा छालालाई फाइदाजनक हुन्छ।  यद्यपि, एसपीएफ भ्यालु २० भन्दा कम भएको क्रिमहरु छाला वा अनुहारमा नलगाउन उनले सुझाव दिए ।  

    AGNI GROUP

    कस्तो सनस्क्रिन लगाउने ?

    आफ्नो छालालाई कस्तो प्रकारको क्रिमले राम्रो गर्छ, यसबारे स्पष्ट हुनुहोस् र दैनिक प्रयोग गर्नुहोस्।  सामान्यतया सनस्क्रिनहरु दुई प्रकारका हुन्छन्, फिजिकल र केमिकल। फिजिकल सनब्लकले छालामा हानिकारक किरणहरु जानदिँदैन। यसले बाहिरबाट ती किरणहरुलाई फ्याकिदिन्छ। केमिकल सनब्लकले छालामा सूर्यको प्रकाशलाई अवशोषित हुन दिँदैन। सूर्यको प्रकाशबाट आउने अल्ट्राभायलेट ए, बि लाई छालामा अवशोषित हुन दिँदैन। जहिल्यै पनि सनब्लक लगाउँदा कम्तिमा एक चिया चम्चा अर्थात् ४ देखि ५ एमएल लगाउनु पर्ने डा। खतिवडाले जानकारी दिए। सनब्लक लगाउँदा सर्वप्रथम मज्जाले मुख धुने, सुख्खा छाला छ भने थोरै मोइस्चराइजर लगाउने र सनब्लक लगाउने । यो एकपटक मुहारमा लगाइसकेपछि यसलाई १० देखि १५ मिनेटसम्म छोडदिने।

    सनब्लक जहिल्यै पनि ३ देखि चार घण्टाको फरकमा लगाउनु पर्ने उनले बताए। यसैगरी, सनब्लक वा सनस्क्रिन घाममा हिँड्दा मात्र लगाउने भ्रम छ। जुन विलकुलै गलत हो। यसलाई कोठा भित्र बस्दा, कम्प्युटरको अगाडि काम गर्दा, सूर्य तथा बत्तिको प्रकाशमा काम गर्दा, खाना पकाउँदा, टिभी हेर्दा, मोबाइल चलाउँदा समेत लगाउन अनिवार्य रहेको उनले बताए। यस्ता उपकरणले पनि विभिन्न किसिमका किरणहरु फ्यालिरहेका हुन्छन्, जसले गर्दा सनब्लक लगाउन आवाश्यक हुन्छ।  त्यसैगरी, घाममा निस्किनु भन्दा ३० मिनेट अगाडि सनब्लक लगायो भने यसले प्रभावकारी काम गर्ने गर्छ।  

    सनब्लक वा सनस्क्रिन लगाउँदा गरिने गल्ती 

    १.थोरै सनस्क्रिन लगाउने बानी,
    २.यसलाई ३ देखि ४ घण्टाको अन्तरालमा नलगाउनु, 
    ३.गुणस्तरीय सनब्लक नलगाउनु, 
    ४. रात्रिकालिन ड्युटी गर्दा सनब्लक नलगाउनु, 
    ५.चिकित्सकको परामर्श अनुसार छालाको जाँच गराएका सनब्लक नलगाउनु,

    सनब्लकले छालामा पिगमेण्टेशनहरु आउन दिदैँन। प्रकाशबाट आउने अल्ट्राभायोलेट रेजहरुबाट पनि जोगाउँछ।  यसैगरी, यस्ता किरणहरुले गर्दा इलास्टिक फाइबरलाई गढबढ गरिदिन्छ। जसलाई सनब्लकले जोगाउँछ। चिप्लो र चाउरीपनबाट पनि यसले बचाउँछ। सनब्लक मजाले लगाउँदा कालो धब्बाहरु कम हुने, चाउरी पर्न नदिने, छिट्टै बुढ्यौली देखिने समस्याहरुबाट पनि केहि हदसम्म जोगाउने गर्दछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij