
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो दिनको तुलनामा झण्डै दोब्बर संख्यामा संक्रमित थपिएका छन् । आइतवार ८९ जनामा संक्रमण पुष्टि भएकामा सोमवार बढेर १४१ जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३ हजार १२२ जनाको परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको हो भने निको हुनेको संख्या ८२ जना रहेको छ ।
यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ७६ हजार ९८० पुगेको छ भने निको हुनेको संख्या २ लाख ७२ हजार ६१२ जना पुगेको छ । यस्तै हालसम्म ३ हजार २७ जनाको मृत्यु हुँदा अहिलेपनि १३४१ जना आइसोलेशनमा रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij