काठमाडौं। काठमाडौंमा एकाएक वायु प्रदूषण देखिएपछि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै घरबाहिर खुल्ला स्थानमा ननिस्कन आग्रह गरेको छ । मन्त्रालयले विशेष गरी बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको ख्याल राख्न भन्दै कसैलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो । मन्त्रालयले विज्ञप्तिमा मर्निङवाकमा जाने, शारीरिक व्यायाम गर्न घरबाहिर निस्कने समेत नगर्न सुझाएको छ ।
‘