Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण शुरु

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण शुरु

  •                       चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    चितवन ।  चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ । एक वर्षदेखि काठमाडौँमा उपचार गराउँदै आएकी भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका लामालाई उनकी छोरी उषा तामाङले कलेजो दान गरेकी थिइन् । राजधानी बाहिर कलेजो प्रत्यारोपण सेवा सञ्चालनको अनुमति लिई पहिलो पटक सफल प्रत्यारोपण गरिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    AGNI GROUP

    कलेजो प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक सर्जन डा। सञ्जय यादव, डा।एकानन्द सिंह, डा।प्रवीण जोशी, डा। जयन्तकुमार साह, डा।अभिषेक भट्टराई,  एनेस्थेसियोलोजिष्ट डा।किरण अधिकारी, डा।सुरेश गौतम, डा।नवीन यादवलगायतको समूहले सफल प्रत्यारोपण गरेको बताइएको छ । विगत वर्षदेखि कलेजो प्रत्यारोपणका लागि आन्तरिक तयारी गरिरहेको कलेजले आवश्यक सबै उपकरण, दक्ष प्राविधिक जनशक्ति र  कलेजोसम्बन्धी विशेषज्ञका प्रयासबाट कलेजो प्रत्यारोपण गरेको उनको भनाइ छ । कलेजो प्रत्यारोपणका लागि चार सर्जन, तीन क्रिटिकल केयर, तीन एनेस्थेसियोलोजिष्ट र १० विशेषसहितको टोली अस्पतालमा छ । 

    नेपालमा नै उपचार र शिक्षणमा अग्रणी मानिने कलेजका प्रबन्ध निर्देशक एवं अध्यक्ष प्रा .डा.हरिशचन्द्र न्यौपानेले सफल रुपमा कलेजो प्रत्यारोपण गर्नु कलेजको उपलब्धिका रुपमा लिइएको बताए । भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्र र काठमाडौँको शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुँदै आएको छ ।

    यहाँ उपचारका लागि रु २५ लाख लाग्ने उनले जानकारी दिए । अहिले अस्पतालमा कलेजोको उपचारका लागि दैनिक १० देखि २० जना आउने गरेको र तीमध्ये २० प्रतिशत कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अस्पतालले जनाएको छ । अस्पतालले विसं २०७६ वैशाखमा कलेजो प्रत्यारोपणका लागि अनुमति लिएको थियो । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij