Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण शुरु

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण शुरु

  •                       चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ ।

    images
    images
    images

    चितवन ।  चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ । एक वर्षदेखि काठमाडौँमा उपचार गराउँदै आएकी भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका लामालाई उनकी छोरी उषा तामाङले कलेजो दान गरेकी थिइन् । राजधानी बाहिर कलेजो प्रत्यारोपण सेवा सञ्चालनको अनुमति लिई पहिलो पटक सफल प्रत्यारोपण गरिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    कलेजो प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक सर्जन डा। सञ्जय यादव, डा।एकानन्द सिंह, डा।प्रवीण जोशी, डा। जयन्तकुमार साह, डा।अभिषेक भट्टराई,  एनेस्थेसियोलोजिष्ट डा।किरण अधिकारी, डा।सुरेश गौतम, डा।नवीन यादवलगायतको समूहले सफल प्रत्यारोपण गरेको बताइएको छ । विगत वर्षदेखि कलेजो प्रत्यारोपणका लागि आन्तरिक तयारी गरिरहेको कलेजले आवश्यक सबै उपकरण, दक्ष प्राविधिक जनशक्ति र  कलेजोसम्बन्धी विशेषज्ञका प्रयासबाट कलेजो प्रत्यारोपण गरेको उनको भनाइ छ । कलेजो प्रत्यारोपणका लागि चार सर्जन, तीन क्रिटिकल केयर, तीन एनेस्थेसियोलोजिष्ट र १० विशेषसहितको टोली अस्पतालमा छ । 

    नेपालमा नै उपचार र शिक्षणमा अग्रणी मानिने कलेजका प्रबन्ध निर्देशक एवं अध्यक्ष प्रा .डा.हरिशचन्द्र न्यौपानेले सफल रुपमा कलेजो प्रत्यारोपण गर्नु कलेजको उपलब्धिका रुपमा लिइएको बताए । भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्र र काठमाडौँको शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुँदै आएको छ ।

    यहाँ उपचारका लागि रु २५ लाख लाग्ने उनले जानकारी दिए । अहिले अस्पतालमा कलेजोको उपचारका लागि दैनिक १० देखि २० जना आउने गरेको र तीमध्ये २० प्रतिशत कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अस्पतालले जनाएको छ । अस्पतालले विसं २०७६ वैशाखमा कलेजो प्रत्यारोपणका लागि अनुमति लिएको थियो । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij