
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा २८९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८५ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ जना पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार २७२ जना रहेको छ।
त्यस्तै,हालसम्म ३ हजार २० जनाको मृत्यु हुँदा सक्रिय संक्रमित १२१७ जना रहेको मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij