Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बिर्सेर पनि सँगै नखानुहोस् यी खानेकुरा, बन्न सक्छ विष !

बिर्सेर पनि सँगै नखानुहोस् यी खानेकुरा, बन्न सक्छ विष !

  • काठमाडौँ । आयुर्वेदका अनुसार यस्ता थुप्रै पेय पदार्थ छन् जुन सँगै खाँदा हाम्रो स्वास्थ्यका लागि हानिकारक बन्न सक्छ । आयुर्वेदका अनुसार खाना र खाने समयको सही तरिकाले पालना गर्दा यो निकै लाभदायी साबित हुन्छ । तर केही खानेकुरा सँगै खाँदा त्यसले शरीरमा नकारात्मक असर पनि पुर्याउन सक्छ । 

    images
    images
    images

    घ्यू र महःघ्यू र मह एकैपटक खानु हुँदैन । यहाँसम्म कि पानीमा मिसाएर पनि मह र घ्यू मिसाएर खानु हुँदैन । घ्यू वा तेल वा नौनीमा मह विष बन्ने गर्छ । एक त महले शरीरमा गर्मी पैदा गर्छ । यो कुनै तातो खानेकुरासँग खानु हुँदैन । यसले हाम्रो शरीरमा समस्या पैदा गर्न सक्छ ।

    माछा वा मासुसँग पनि महः माछा वा मासुसँग पनि महको सेवन गर्नु हुँदैन । मह र माछा मासु सँगै खाँदा शरीरमा टक्सिन बढ्न सक्छ । यसले आँखाको ज्योति वा श्रवण शक्ति कम गराउन सक्छ ।

    मह र मूलाःमहसँग मूलाको सेवन गर्नु हुँदैन । यसले पनि हाम्रो शरीरमा टक्सिन बढाउने गर्छ । यसले शरीरका अङ्ग खराब हुने सम्भावना पनि बढ्ने गर्छ । त्यसैले मूलासँग महको सेवन कहिल्यै गर्नुहुँदैन ।

    मह र दहीःमहलाई कहिले पनि दहीसँग मिसाएर खानु हुँदैन । यसले ग्यास, एलर्जी र छालासँग सम्बन्धित समस्या निम्त्याउन सक्छ । यसका साथै तपाईं चिनीसँग पनि मह मिसाएर नखानुहोस् । चिनीसँग मह खाँदा अमृतसँग विष खानुसरह हुन्छ ।

    यसबाहेक यी खानेकुरा पनि मिसाएर नखानुहोस्ः

    – माछासँग कालो मरिच कहिल्यै पनि मिसाएर नखानुहोस् । माछा खाएपछि कालो मरिच खाँदा हानी हुने आशंका अत्यधिक बढ्ने गर्छ ।

    – तिलसँग कहिले पनि पालुङ्गो मिसाएर खानु हुँदैन । यसो गर्दा झाडा लाग्ने खतरा बढ्छ ।

    – काँसको भाँडामा घ्यू राखेको १० दिन भएको छ भने पनि त्यो खानु हुँदैन ।

    – पहेँलो छाता भएको च्याउलाई तोरीको तेलमा पकाएर खानु हुँदैन ।

     – चिसो पानीसँग घ्यू, तेल, खरबुजा, अम्बा, काँक्रो, बदाम कहिले पनि खानुहुँदैन ।

    – यसका साथै दही र अमिलो फल सँगै नखानुहोस् । यसमा भिन्न भिन्न एन्जाइम हुन्छ जसका कारण यो दुबै एकैपटक पचाउन मुश्किल हुन्छ ।

    – दही र माछाको प्रकृति नितान्त फरक हुन्छ अर्थात् दहीको प्रकृति चिसो हुन्छ र माछाको प्रकृति तातो हुन्छ ।

    – मानिसहरुलाई दही वा पूरीसँग दही खान मनपर्छ तर तारेको भुटेको खानेकुरासँग दही खानु हुँदैन । दहीमा पाइने एन्जाइमले फ्याटलाई पचाउन समस्या निम्त्याउँछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij