
Apr 05 2025 | २०८१, चैत २३ गते
ललितपुर । ललितपुर महानगरपालिका–२ सानेपा पन्चकुमारी मन्दिर नजिक सुनिल खड्कीको कोठाबाट ५ लाख १३ हजार रूपैयाँ धनमाल चोरी भएको छ। पन्चकुमारी मन्दिरनजिक डेरा गरी बस्ने खड्कीको कोठाबाट सुनचाँदीका विभिन्न गहना र नगद समेत गरी उक्त रकम बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij