Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

काँचो केरा खानुको ५ फाइदा यस्ता छन्, थाहा पाइराखौँ

काँचो केरा खानुको ५ फाइदा यस्ता छन्, थाहा पाइराखौँ

  • पाकेको केराको फाइदाबारे त तपाईंलाई थाहा नै होला तर काँचो केराका पनि विभिन्न फाइदा छन् भन्ने बारे धेरैलाई थाहा नहुन सक्छ । काँचो केरा केही अवस्थामा त पाकेकोभन्दा पनि फाइदाजनक हुन्छ । केरामा स्टार्च हुन्छ जुन सुगरमा परिवर्तन हुने गर्दछ । तर काँचो केरामा पाइने स्टार्च सुगरमा परिवर्तन हुँदैन त्यसकारण यो स्वस्थ हुन्छ । जब काँचो केरा खानुहुन्छ तब यसको स्टार्च मुखभित्र महसुस गर्न सक्नुहुन्छ । युनिभर्सिटी अफ कोलोराडो हेल्थ साइन्स सेन्टरले गरेको अनुसन्धान अनुसार यसमा प्रोटोपेक्टिन कम्पाउन्ड हुन्छ जसले यसको स्टार्चलाई डाइजेस्टिभ फाइबरमा परिवर्तन गर्ने गर्दछ । यसले पेट सफा राख्छ र तौल पनि कम गर्न मद्दत गर्छ ।

    images
    images
    images

    यसमा पाकेको केरा जस्तै पोटाशियम, प्रोटिन र सोडियम पनि हुन्छ र एउटा केरामा ८१ क्यालोरी मात्र हुन्छ ।

     काँचो केरा खानुका अन्य ५ फाइदाः

    १. हृदयघातको सम्भावनालाई कम गर्छ ।

    २. ब्लड सुगर नियन्त्रणमा राख्छ ।

    ३. खराब कोलेस्ट्रोललाई हटाउन सहयोग गर्दछ ।

    ४. तौल कम गर्न सहयोग गर्दछ ।

    ५. शरिरमा पौष्टिक तत्व कम गर्न सहयोग गर्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij