
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । कान मानिसको संवेदनशील भाग मानिन्छ ,कान चिलाउनुको विभिन्न कारणहरु हुन सक्छन् । इन्फेक्सनको कारण पनि कान चिलाउने गर्दछ । कतिपय मानिसहरु जे पायो त्यसले कान कोट्याउँछन् जुन विल्कुल गलत हो ।
कान चिलाउने समस्याबाट मुक्त हुनका लागि निम्न घरेलु उपाय
घ्युकुमारी
अधिकांश मानिसको घरमा घ्युकुमारीको बोट हुन्छ । यसको प्रयोगले पनि कान चिलाउने समस्याबाट मुक्ति पाउन सकिन्छ । टाउको एकतिर झुकाएर कानमा घ्युकुमारीको रस ३/४ थोपा राख्ने । घ्युकुमारीको रस बाहिर निस्कन नदिन केहि समयसम्म टाउको नउठाउने । घ्युकुमारीको रसमा भएको एन्टी इन्फ्लेमेट्री गुणले कानको सुख्खापन हटाउन सहयोग पुर्याउँछ ।
तेल
कतिपय तेलको प्रयोगले पनि कान चिलाउने समस्याबाट मुक्त हुन सकिन्छ । शुद्ध नरिवलको तेल, जैतुनको तेल कानमा राख्दा पनि यसले कानको सुख्खापन हटाउन सहयोग गर्दछ ।
लसुन
लसुनको धेरै गुणहरु छन् जुन हामीलाई थाहा भएको पनि हुनसक्छ । लसुनमा एन्टीबायोटिक र पिडामा राहत दिलाउने गुण हुन्छ । तातो जैतुन वा तिलको तेलमा एक केस्रा लसुन काटेर राख्ने । लसुन निकालेपछि उक्त तेल कानको बाहिरी भागमा लगाउँदा यसले आराम दिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij