
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ- नेपालमा थप ७९ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७१ हजार ८ सय १५ रहेको छ ।
यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ । हालसम्म देशभर २२ लाख ३३ हजार ३ सय ४५ नमुनाको पीसीआर परीक्षण भएको छ । अहिले ५१ जना क्वारेन्टाइनमा रहेका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij