
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । गर्भावस्थाको समय एकदम नाजुक अवस्था हो । गर्भावस्थाको समयमा महिलाहरुले आफ्नो शरीरको धेरै ख्याल राख्नुपर्ने हुन्छ । यो समयमा खानपानमा बिशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । खानपानमा लापरबाही गर्दा गर्भपतन हुने सम्भवना हुन्छ । खासगरी पहिलो पटक आमा हुन लागेको महिलाले त बढी ध्यान दिनुपर्छ । यस्तो बेलामा फस्टफुड र फ्रोजन खाने कुरा खानुहुदैन् । कतिपय खाने कुराहरु त खानै हुदैन् ।
१. काँचो मेवा : काँचो मेवामा ब्रोमलिन हुन्छ | ब्रोमलिनको कारणले शरीरमा कम्पन आउछ | कम्पनको कारणले बच्चामा असर गर्छ |
२. हरियो आलू: हरियो आलुमा सोलेनिन नामको एंजाइम हुन्छ | जसको कारणले गर्भपतन हुने सम्भवना हुन्छ |
३. भुइँकटर : भुइँकटरमा ब्रोमलिन हुन्छ | भुइँकटरको जुस अत्यधिक पिउँदा पनि प्रसव पीडा नभइरहेका महिलालाई पनि प्रसव पीडा हुने गरेको छ । त्यस कारणले सुरुवाती ३ महिनामा भुइँकटर खानुहुदैन |
४. रक्सि: एक अनुसन्धानले भने अनुसार रक्सी पिउनाले गर्भपतन हुने सम्भवना हुन्छ | रक्सीमा सुगरको मात्रा बढी हुने भएकोले गर्भवती महिलालाई हानी गर्छ |
५. बढी नुन: गर्भावस्थामा बढी नुन खानाले उच्च रक्तचाप हुने सम्भवना हुन्छ | साथै शरीर पनि सुन्निने गर्छ |
६. घ्यु कुमारी: गर्भवस्थाको बेलामा घ्यु कुमारीको प्रयोगले रक्तस्राव हुने सम्भवना हुन्छ |
७. माछा: माछाको सेवन धेरै गर्नाले त्यसमा हुने पारो धातुको उच्च मात्राले असर गर्दछ, त्यसैले यो अवस्थामा माछा धेरै खानु हुँदैन | सकभर नखाएकै राम्रो मानिन्छ |
८ .अण्डा:अण्डामा साल्मेनोला स्पिसिज ब्याक्टेरिया हुन्छ । यो कुनै किसिमको इन्फेक्सनको कारण बन्न सक्छ । गर्भवस्थामा अण्डाको सेवन कम गर्नु वा गर्दै नगर्नु वेश हुन्छ । किनभने यसबाट इन्फेक्सन हुने सम्भावना वृद्धि हुनुका साथै पचाउन पनि कठिन हुन्छ । अण्डा राम्रोसँग पकाएर खानुपर्छ । पोच तथा आधा मात्र पाकेको अण्डा खानुहुदैन |
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij