
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । मेवा पनि एक स्वस्थकर फल हो । मेवाको फल जस्तै यसभित्र हुने मेवाको दाना पनि उत्तिकै फाइदाजनक हुन्छ । धेरैजसो व्यक्तिहरु मेवा खाएर त्यसका दाना फाल्ने गर्छन् । तर यसको सेवनले स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । मेवाको दानाले पेटमा हुने विभिन्न समस्यालाई कम गर्छ ।
कसरी खाने ?
१.मेवाको दानालाई पिसेर जुस बनाएर पिउन सकिन्छ ।
२. मेवाको दानालाई खाना सजाउन प्रयोग गर्न सकिन्छ
३. मेवाको दानालाई सुकाएर पिसेर खान सकिन्छ ।
फाइदाः
१. तौल कम गर्न :मेवाको दाना तौल कम गर्न फाइदाजनक हुन्छ । तौल कम गर्नका लागि मेवाको दानाको प्रयोग गर्न सकिन्छ । यसमा भारी मात्रा फाइबर पाइन्छ । यसले छिटो छिटो भोक लाग्दैन । भने पेट पनि लामो समयसम्म भरिरहन्छ ।
२ भाइरलबाट बचाउँछ :मौसम परिवर्तन भइरहने कारण मानिसमा विभिन्न प्रकारका भाइरलहरुले सताउने गर्छ । मेवाको दानाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले शरीरमा हुने विभिन्न इन्फेक्शन र भाइरलबाट बचाउँछ ।
३.पेट सफा गर्न : मेवाको दानामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले पेट र शरीरका विभिन्न अंगहरुमा हुने विषाक्त पदार्थहरु बाहिर निकाल्छ । जसले पेट सफा गर्न मद्दत गर्छ । यदि पेटमा विभिन्न प्रकारका किराहरु परेमा यसले त्यस्ता किरालाई नाश गर्छ । यसको सेवनले कब्जियतको समस्या पनि कम हुन्छ ।
४. छाला सफा राख्न :मेवाको दानाले छालालाई सफा राख्न पनि मद्दत गर्छ । यसको दानालाई अनुहारमा लगाउन सकिन्छ जसले अनुहारमा हुने दागधब्बा, चाउरी आदिलाई कम गर्छ ।
५.मांशपेशी बलियो बनाउन :मेवाको दानामा प्रोटिनको मात्रा धेरै हुन्छ । जो व्यक्ति जिम गएर मसल्स बनाउँछन् त्यस्ता व्यक्तिहरुले मेवाको दानाको सेवन गर्न आवश्यक छ । हरेक दिन मेवाको दानाको पाउडर खाँदा शरीरको आकार मिल्दै जान्छ ।
६.मधुमेहको समस्या :मेवाको दाना मधुमेहका रोगीहरुका लागि फाइदाजनक हुन्छ । मधुमेहको समस्यामा मेवाको दानाको सेवन गर्न आवश्यक छ ।
७.कोलेस्ट्रोल सन्तुलनमा राख्न: मुटु स्वस्थ राख्नका लागि कोलेस्ट्रोल पनि सन्तुलनमा राख्न आवश्यक छ । त्यसैले मेवाको दानाको सेवनले कोलेस्ट्रोल सन्तुलनमा राख्न मद्दत मिल्नुका साथै मुटु पनि स्वस्थ रहन्छ ।
८ मिर्गौला स्वस्थ राख्न :यदि तपाईं मिर्गौलाको कुनै पनि समस्याबाट चिन्तित हुनुहुन्छ भने त्यसका लागि मेवाको दानाको सेवनले फाइदा पुर्याउँछ
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij