
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । सरकारले माघ १४ देखि फागुन १० गतेसम्म कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरूलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने इन्सिडेन्ट कमाण्ड सिस्टम ९आइसिएस०को बैठकले निर्णय गरेको हो । पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाइसकेपछि खोप कार्ड प्रदान गरिने निर्णय समेत आइसिएस बैठकले गरेको छ ।
पहिलो प्राथमिकतामा ४ लाख ४९ हजार ८ सय ८० जनाले खोप लगाएका थिए । हालसम्म खोप लगाउनेको संख्या १६ लाख ५ हजार ७ सय ६ जना पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij