Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

भोक लाग्दा रिस उठ्छ ? यस्तो हुनसक्छ कारण !

भोक लाग्दा रिस उठ्छ ? यस्तो हुनसक्छ कारण !

  • काठमाडौँ । भोक लाग्दा धेरै रिस उठ्छ । नउठोस् पनि किन ? आखिर भोक न हो । तर भोक लाग्दैमा किन रिस उठ्छ त ? कहिल्यै विचार गरिएको छ ?

    images
    images
    images

    लण्डनस्थित किंग्स कलेजका पोषणविद् सोफी मेडलिनलाई आधार मान्ने हो भने हाम्रो  शरीरमा जब चिनीको मात्रा कम हुन्छ, तब शरीरमा कार्डिसोल तथा एड्रीनल नामक हर्मोनको मात्रा अचानक बढ्छ ।  कार्डिसोल तथा एड्रीनल नामक हर्मोनको सीधा सम्बन्ध तनाव तथा आक्रोशसँग हुन्छ  । यसको नकारात्मक असर मस्तिष्कमा पर्दछ ।

    मस्तिष्कबाट निस्कने न्युरोपेप्टाइड्स नामक केमिकल्सले यी केमिकल्सलाई नियन्त्रित गर्ने गर्दछ । यही केमिकल्सकै कारण भोक लागेको महसुस हुन्छ भने रिस उठेको पनि महसुस हुने गर्दछ ।

    त्यसैले गर्दा अत्यधिक मात्रामा भोक लाग्दा  रिस उठेको महसुस हुने सोफी मेडलिन बताउँछिन् । भोक लाग्दा पेटमा ऐँठन तथा आन्द्र्रा बटारिएजस्तो महसुस हुने गर्दछ । त्यसैले सामाजिक सञ्जालले यसलाई हेंगरको संज्ञा दिएका छन् । हेंगर भनेको हंग्री र एंगर अर्थात भोक र रिस मिलेर बनेको शब्द हो ।

    यो समस्याबाट पुरुषको तुलनामा महिलाहरू बढी पीडित हुने बताइन्छ । यद्यपि यसको पुष्टि भने भएको छैन ।

    भोक लाग्दा पुरुषलाई किन उठ्छ रिस ?

    सोफी मेडलिनका अनुसार मानव मस्तिष्कमा न्युरोपेप्टाइडको असर महसुस गर्नका लागि ज्यादा रिसेप्टर हुन्छन् । यसमा एस्ट्रोजेन नामक हर्मोनको असर पनि हुने गर्छ । एस्ट्रोजनसित टेस्टस्टेरोनको सम्बन्ध रहने गर्छ । खानासित भावनाको सम्बन्ध हुने कुरालाई पुरुषहरू विरलै मान्ने गर्छन् । जब कि महिला बढी संवेदनशील हुने भएकाले उनीहरूलाई भोकसित धेरै जोड्ने गरिन्छ ।

    भोकले बिगार्न सक्छ सम्बन्ध ?

    सन् २०१४ मा गरिएको एक अध्ययन अनुसार रगतमा चिनीको मात्रा कम हुनाले विवाहित जोडीको सम्बन्धमा तनाव बढ्छ र उनीहरू हिंस्रक हुने गर्छन् ।

    त्यसो भए भोकले निम्त्याउने रिसबाट कसरी बच्न सकिन्छ ?

    सोफीका अनुसार भोकका कारण निम्तने रिससित कसरी बच्न सकिन्छ भन्ने कुरा तपाई  खाना कतिबेला खानु हुन्छ भन्ने कुरामा निर्भर गर्छ ।

    त्यसैले भोक लागेपछि खाइहाल्नु उत्तम हुन्छ । खानामा पनि सकेसम्म अमिलो, पिरो तथा गुलियो खानेकुरा खान उत्तम हुन्छ । यस्ता खानेकुराले शरीरमा सुगरको मात्रा बढाउनुका साथै रिस समेत उठ्न दिँदैन । -बीबीसीबाट

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij