Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

यी व्यक्तिले भुलेर पनि नखानुहोस् दहि

यी व्यक्तिले भुलेर पनि नखानुहोस् दहि

  • तर दहीलाई सेवन गर्ने समय मिलेन भने मानिसको स्वास्थ्यमा हानी समेत पुर्‍याउने आयुर्वेदका विज्ञहरूले बताएका छन्। उनीहरूले दहीलाई जुन रुपमा खाए पनि ताजा खान सुझाव दिएका छन्।

    AGNI GROUP

    कुन अवस्थामा कस्ता व्यक्तिले दही खानुहुँदैन 

    राति दही खाँदा पाचन क्रियामा गडबडी पैदा हुन्छ। यसलाई पचाउनका लागि इनर्जी बर्न गर्नुपर्ने आवश्यकता हुन्छ। धेरै मानिसहरू राति खाएपछि सुतिहाल्छन्। यसले झन् समस्या हुन्छ।

    राति दही सेवन गर्दा शरीरमा इन्फेक्सनको डर हुन्छ। यसले रुघा र खोकी लाग्न सक्छ। यसका साथै कतिपय अवस्थामा दही हानिकारक हुनसक्छ। वा त्यसले पोषण होइन, विषको काम गर्न सक्छ। जस्तो कि,

    शरीरको कुनै भाग सुन्निएको छ भने राति दही कदापि खानु हुँदैन। यसले सुन्निएको झन् बढ्छ।

    घडा वा जोर्नीको दुखाईबाट पीडित भएको अवस्थामा दही सेवन उपयोगी हुँदैन। अन्यथा यसले दुखाईलाई झनै बढाउँछ।

    हामी दहीमा विभिन्न मिश्रण बनाएर सेवन गर्छौं, खासगरी डिजर्टको रुपमा। तर, थरीथरीका फलफूल दहीमा मिसाउँदा त्यो विषाक्त बन्न सक्छ।

    दही कहिले, किन र कसरी खाने ?

    दही खाने उपयुक्त समय बिहान हो। हात–गोडाको जलन, पेटको इन्फेक्सन, अपच, भोक नलाग्नु, कमजोरीका साथै अरु पनि थुप्रै समस्याहरू बिहान दही सेवन गर्दा ठीक हुन्छ। नास्तामा एक कचौरा दहीमा सक्खर मिलाएर खाँदा शरीरमा रगत बढ्छ।

    यसमा यस्ता रासायनिक पदार्थ हुन्छन् जसले गर्दा यो दूधभन्दा चाँडै पच्छ पनि। अपच, कब्जियत, ग्यास जस्ता पेटको समस्या भोगिरहेका व्यक्तिलाई दही वा त्यसबाट बनेको लस्सी, मोही आदिको उपयोग गर्नु फाइदाजनक हुन्छ।

    दही खाँदाका फाइदा

    १. राति निद्रा नलाग्ने समस्या छ भने दैनिक खानाका साथ एक कचौरा दही सेवन गरौं।

    २. दहीको नियमित सेवन शरीरका लागि अमृत समान मानिन्छ। यसले रगतको कमि तथा कमजोरी हटाउँछ। दूधले जब दहीको रुप लिन्छ, यसको सुगर एसिडमा बदलिन्छ। यसबाट पाचनमा मद्दत मिल्छ। भोक कम लाग्ने व्यक्तिहरुलाई दहीले एकदम फाइदा गर्छ।

    ३. दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ। पेटमा गडबडी हुँदा दहीमा विीरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ।

    ४. दहीमा मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई बिसेक पार्ने गजबको क्षमता हुन्छ। यसले कोलस्ट्रोल बढ्नबाट रोक्छ र मुटुको धड्कनलाई ठीक राख्छ।

    ५. दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ। यो हड्डीहरुको विकासमा सहायक हुन्छ। साथै, दाँत, ता नङलाई पनि बलियो बनाउँछ।

    ६. पायल्स रोगबाट पीडित व्यक्तिहरुले दिउसो भोजनपछि एक गिलास मोही पिउँदा फाइदा मिल्छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij