Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

यी ५ खानेकुरा जसले गर्छ पेनकिलरको काम !

यी ५ खानेकुरा जसले गर्छ पेनकिलरको काम !

  • टाउको दुख्दा, हाडजोर्नी दुख्दा, पहिलो चोटी जिम गरेर शरीरका मांशपेसी दुख्दा अनि शरीरमा विभिन्न किसिमका दुखाइहरू हुँदा अधिकांशले पेनकिलर औषधिको प्रयोग गर्छन्। तर यो कुरा जान्नुहोस् कि, त्यस्ता पेनकिलर औषधिहरूले तपाइको दुखाइ त कम गर्छ साथसाथै त्यसले विशेष गरी तपाईको कलेजोलाई सबैभन्दा बढी असर गर्दछ।

    onlinepatrika
    Arghakhachi

    त्यसैले पेनकिलर औषधिको अत्याधिक सेवन गर्नुभन्दा निम्न प्रकारका स्वस्थवर्द्धक अनि प्राकृतिक खानेकुराहरू खानुहोस्। यी खानेकुराहरूले पनि तपाईको दुखेको शरीरको लागि पेनकिलरको काम गर्दछ।

    AGNI GROUP

    १. चेरी

    यो सानो, गुलियो अनि मिठो फलले हाम्रो मांशपेशीलाई मर्मत गर्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ। त्यसैले जिम गरेर आएपछि अथवा कुनै भारी काम गरेर आएपछि चेरी वा चेरीको जुस पिउनु सबैभन्दा उचित हुन्छ। साथै यो प्राकृतिक फलले कुनै नकारात्मक साइडइफेक्ट पनि गर्दैन।

    २. लसुन

    शताब्दीऔं देखि नै लसुनलाई आयुर्वेदिक औषधि मानिँदै आएको छ। फेरि यसले पेनकिलरको काम गर्ने कुरा पनि अनुसन्धानबाट पत्ता लागेको छ। छालामा आएको खटिरामा लसुन पिसेर लगाउँदा राहत मिल्दछ भने थोरै तेलमा लसुनलाई फ्राइ गरेर दुखेको हाडजोर्नीमा लगाउँदा पनि धेरै आराम मिल्दछ।

    ३. अदुवा

    आयुर्वेदका अनुसार, दैनिक खानामा अदुवा मिसाएर खाँदा यसले मांशपेशी तथा जोर्नी दुख्ने समस्यामा कम गर्दछ। वैज्ञानिक अनुसन्धानबाट पनि यसले सुन्निएको अनि दुखेको ठाउँको लागि राहत पुर्याउने पत्ता लागेको छ।

    ४. जौ

    म्याग्नेसियमले भरिएको यो जौले महिलाहरूको महिनावारीमा हुने दुखाइलाई कम गर्दछ भने रक्तश्राव भएकोलाई पनि धेरै राहत दिन्छ। जौ मा जिङ्क पनि पाइन्छ जसले महिनावारी भएको बेलामा सङ्क्रमण हुनबाट बचाउँछ।

    ५. अङ्गुर

    ढाड दुख्ने समस्याले सताइरहेको छ भने अङ्गुर खाने बानी बसाल्नुहोस्। यसमा मेरुदण्ड र ढाडमा रक्तसञ्चार गराउने पौष्टिक तत्व पाइन्छ, जसले ढाडको दुखाइलाई कम गराउँछ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij