Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सुत्नु अगाडि नगरौँ यस्ता गल्ती, नत्र बढ्छ मोटोपन !

सुत्नु अगाडि नगरौँ यस्ता गल्ती, नत्र बढ्छ मोटोपन !

  • काठमाडौं । वजन नियन्त्रणमा राखी स्वस्थ्य र फिट रहन चाहनुहुन्छ ? यदि त्यसो हो भने राति तपाईले गर्ने केही गल्तीका कारण तपाईको तौल नियन्त्रणबाहिर हुन्छ । राति सुत्नुअघि त्यस्ता केही गल्ती गरिन्छ जसले तौल बढाउन सहयोग गर्दछ ।

    images
    images
    images

    के के हुन् त ती कुरा ?

    डिनरमा ओभरडाइटिङ

    रातमा पाचन क्रिया सुस्त हुन्छ । यसले क्यालोरी बर्न हुन पाउँदैन । यसले गर्दा शरीरमा बोसो जम्मा हुन्छ । र तपाईमा मोटोपन बढाउँछ । त्यसैले टिभी हेर्दै डिनर नगरौँ । प्रोटिन र सागसब्जी बढी सेवन गरौँ ।

    डिनर नगर्नु : मोटोपन एवम् तौल घटाउनकै लागि कतिले रातीको खाना खाँदैनन् । यसले पनि राम्रो नतिजा दिँदैन ।किनभने राती खाना नखाएपछि ‘मेटाबोलिजम’  सुस्त हुन्छ । बिहान उठेपछि धेरै भोक लाग्छ र धेरै खानेकुरा खाइन्छ ।यदि राति धेरै भोक लाग्दैन वा खाना नरुच्ने भए सलाद, फलफूलको सेवन गर्ने गर्नुपर्दछ ।

    डिनरमा भुटेको र तारेको खानेकुरा: राति स्वादिलो खाने निहुँमा भुटेको, तारेको खानेकुरा खाइन्छ । यसमा धेरै क्यालोरी हुन्छ । रातको समयमा शरीरले उक्त क्यालोरी बर्न गर्न सक्दैन । त्यसैले रातको खाना सकेसम्म सुपाच्य र हल्का हुनुपर्छ ।

    डिनरमा कार्बोहाइड्रेटयुक्त खाना : पिज्जा, पास्ताजस्ता कार्बोहाइड्रेटयुक्त खानामा क्यालोरी धेरै हुन्छ । राति यस्तो खानेकुरा सेवन गर्दा फ्याट बढ्ने समस्याले सताउँछ ।

    डिनरपछि स्न्याक्स खानु :कतिपयको बानी हुन्छ डिनरपछि पनि स्न्याक्स खाने । यसले ओभरडाइटिङ हुन्छ । यसले स्वतः तौल बढाउँछ ।

    आइसक्रिम वा मिठाई :रातको खानापछि आइसक्रिम, मिठाई खाने बानी पनि सही होइन । यसमा क्यालोरी धेरै हुन्छ ।

    राती अबेरसम्म नसुत्ने : राती धेरै समय नसुत्ने बानीले पनि तौल बढाउँछ । जब निन्द्रा पूरा हुँदैन ‘मेटाबोलिज्म स्लो’ हुन्छ, ‘फ्याट बर्न’ हुँदैन । त्यसैले भोक बढी लाग्छ । दैनिक ७ घण्टा नियमित सुत्ने गर्नुपर्दछ। शहरी जीवनशैलीमा मोटोपना आम समस्याको रूपमा देखा परिरहेको देख्न सकिन्छ । मोटाउनु आफैमा रोगलाई निमन्त्रणा गर्नु हो । त्यसैले नै मोटो हुनबाट जोगिनका लागि लागि व्यायाम गर्ने, खानपानमा नियन्त्रण गर्ने गरिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij