
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । शरीरमा भएको फोहोर (अशुद्ध) रगत निस्कने एक मासिक च्रक नै महिनावारी हो । यो महिलाहरुमा हुने एक प्राकुतिक प्रकिया हो । एक अध्ययनले महिनावारीको समयमा कपाल नुहाउदाँ विभिन्न समस्या देखिने जनाएको छ ।
शरीरका सबै खराब रगत बाहिरिँदैन : महिनावारीको समयमा शरीरमा भएको अशुद्ध रगत सबै बाहिरनु आवश्यक छ । यदि फोहोर रगत बाहिरिएन भने पछि यो नै समस्या बन्न सक्छ । यदि शरीर चिसो भयो भने गर्भाशयमा रगत थेग्ला बनेर अड्किने हुन्छ । तसर्थ शरीरमा भएको फोहोर रगत बाहिरिनु शरीर तातो हुनुपर्छ । चिकित्सकको अनुसार महिनावारीको सुरुको दिन कपाल नुहाउन नहुने तर महिनावारीको अन्तिम दिन भने कपाल नुहाउदा केहि नहुने बताएका छन् ।
तातो पानीको प्रयोग :कहिलेकाही महिनावारीको समयमा नुहाउँनै पर्ने बाध्यता पनि हुन सक्छ । यदि यस्तो समस्या आएमा तातो पानीको प्रयोग गर्ने । किनकि तातो पानीको प्रयोगले महिनावारीमा हुने पीडा कम हुन्छ ।ताता पानीमा रक्तसञ्चारलाई सहज बनाउँछ ।
अन्य शारीरिक समस्या पनि हुन सक्छ : महिनावारीको समयमा कपाल नुहाउनाले शरीरमा संक्रमण हुने, पेट दुख्ने साथै शरीरमा भएको फोहोर रगत बाहिरिएन भने अन्य विकार पनि उत्पन्न हुन सक्छ । तर यो समयमा कपाल ननुहाउने हो भने यो समस्याबाट छुट्कारा पाउँन सकिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij