Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

भारतमा तीन करोड जनाले लगाए कोरोनाविरुद्धको खोप

भारतमा तीन करोड जनाले लगाए कोरोनाविरुद्धको खोप

  • काठमाडौं । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन् । भारतमा गत २४ घण्टामा २६ हजार २९१ जनामा कोभिड–१९ को संक्रमण देखिएपछि कुल कोरोना संक्रमितको संख्या एक करोड १३ लाख ८५ हजारभन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज (सोमवार) जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    भारतमा गत २४ घण्टामा कोभिड–१९ संक्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५८ हजार ७२५ जना पुगेको छ । हाल भारतमा दुई लाख १९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय संक्रमितको संख्या बढेको पाइएको छ । यसैबीच कोभिड–९९ को संक्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड १० लाख ७ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् ।

    AGNI GROUP

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदले आइतवारसम्म देशभर २२ करोड ७४ लाख सात हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो आइतवार एकै दिनमा सात लाख ३ हजार ७७२ जनाको कोभिड–१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij