
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । नेपालस्थित इजराईली दूतावासले वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र धुलिखेल अस्पताललाई कोभिड–१९ लगायत अन्य स्वास्थ्य चुनौतीसँग लड्न तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्नको हेतु विभिन्न स्वास्थ्य उपकरणहरु प्रदान गरेको हो । स्वास्थ्य उपकरण हस्तान्तरण समारोहमा बोल्दै नेपालका लागि इजराईली राजदूत हनान गोडरले उक्त सहयोग नेपाल–इजराईल सम्बन्धको एउटा पाटो रहेको र यस किसिमको सहकार्यले कोभिड–१९ विरुद्ध लड्न साझा अवधारणा विकास गर्ने कुरा व्यक्त गरे ।
त्यस्तै पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले इजराईली दूतावासद्वारा प्रदान गरिएको उपकरणहरु विश्व समुदायबाट नेपाललाई दर्शाइएको सद्भावको अनुपम उदाहरण रहेको र यसले कोभिड–१९ विरुद्ध एकजुट भएर सामना गर्न थप बल पुगेको विश्वास व्यक्त गरे ।
यसैक्रममा वीर अस्पतालका कन्सलटेन्ट हाडजोर्नी विशेषज्ञ डा. श्रृषि विष्टले यस महामारीको समयमा गरिएको सहयोग प्रति इजराईली जनतालाई धन्यवाद ज्ञापन गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij