
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको नख्खु दोबाटोमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको निधन र अर्को २५ वर्षका रवि श्रेष्ठ घाइते भएका छन् । गएराति करिब साढे ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३–०२–०१८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भएर हाल ललितपुर महानगरपालिका–४ बागडोल बस्ने ३७ वर्षका गणेशप्रसाद अधिकारीको मृत्यु भएको महानगरीय ट्राफिक परीसर ललितपुरका प्रमुख भोलामान सिंह अधिकारीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij