Jun 14 2026 | २०८३, जेठ ३१ गते
ललितपुर । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजको शिक्षण अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । अंग प्रत्यारोपण समन्वय समितिले अस्पताललाई मिर्गौला प्रत्यारोपणको अनुमति प्रदान गरेसँगै सेवा सुरु हुने भएको हो । अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार प्रत्यारोपण सेवाका लागि प्रत्यारोपण शल्यचिकित्सक डा. नारायणप्रसाद भुसाल र प्रत्यारोपण चिकित्सक डा. सागरकुमार दुवाल श्रेष्ठको संयोजकत्वमा क्लिनिकल टोली गठन भएको छ । साथै प्रत्यारोपण संयोजनका लागि दुई जना प्रत्यारोपण संयोजक पनि राखिएको किष्ट प्रत्यारेपण स्वीकृती समितिका सदस्य सचिव प्राडा कमल कोइरालाले जानकारी दिए। डा. कोइरालाका अनुसार प्रत्यारोपण गराउनु पर्ने बिरामीहरुका लागि अस्पतालमा नियमित प्रत्यारोपण ओपिडी चल्ने र प्रत्यारोपण खर्च पनि अरु अस्पतालको दाँजोमा ५० प्रतिशतसम्म कम हुनेछ।
किष्ट शिक्षण अस्पतालले विगत १० वर्षदेखी मिर्गौला रोगीहरुको लागि हेमोडाइलाइसिस सेवा प्रदान गर्दै आइरहेकोमा गत ३ वर्ष देखि विपन्न नागरिकहरुलाई निशुल्क सेवा समेत प्रदान गर्दे आइरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij