Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

महाशिवरात्रीको व्रत सकिएपछि के खाने, के नखाने ? चिकित्सकको सुझाव यस्तो

महाशिवरात्रीको व्रत सकिएपछि के खाने, के नखाने ? चिकित्सकको सुझाव यस्तो

  • काठमाडौं । आज महाशिवरात्री । यस अवसरमा धेरैजनाले व्रत बस्नुभएको होला । व्रत गर्नु स्वास्थ्यका लागि पनि फाईदाजनक छ,तर व्रत सकिएपछि मानिसहरु खान नहुने कुराहरु बढी खाएर पनि बिरामी पर्ने गरेका छन् । त्यसैले लोकपथले व्रतालुले व्रत सकिएपछि के खाने के नखाने भनेर केहि टिप्सहरु जम्मा पारेका छौँ । दिनभरको व्रत सकिएपछि फलफूल र झोलयुक्त पदार्थ खान धार्मिक छुट छ । व्रतको दिनमा प्रशस्त पानी, फलफूल र फलफुलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले झोलिलो कुरा खानुहोला । दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन सक्दैन ।

    images
    images
    images

    लामो व्रतपछि एकैपटक धेरै खानेकुरा खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्छ । ठोस खाना मात्रै होइन, पानी पनि एक्कासि धेरै पिउनुहुँदैन । पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त हुन्छ । ९सीधै पानी पिउनुभन्दा सलादबाट पाइने पानीले धपेडीमा फाइदा गर्छ । यी खानेकुरा खान चिकित्सकले सुझाएका छन् ।

    व्रत सकिएपछि आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ ।

    व्रतमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकार बनाएर खाँदा आडिलो हुन्छ ।

    व्रत बस्दा दुधमा बदाम भिजाएर पनि खान सकिन्छ ।

    व्रतको दिन वा सकिएपछि केहि छिन रिलिफको लागि कोल्ड ड्रिङ्क लिने बानी छ भने त्यसले मुटुमा गम्भीर खतरा पैदा गर्छ ।

    खाली पेटमा तत्काल चिया पिउनु पनि ठीक होइन ।

    मसलेदार खाना खानु राम्रो हुँदैन ।

    रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ । यसमा कार्बोहाइड्रेट हुने भएकाले शरीरमा तागत पनि दिन्छ । खानासँग सलादको मात्रा धेरै खानुपर्छ

    व्रत बस्दा चिल्लो–पिरो धेरै खानुहुँदैन ।

    गर्भवती महिला व्रत नबसेको राम्रो हुन्छ। मुटु, कलेजो, फोक्सो, मृगौला, मधुमेह, उच्च रक्तचापका समस्या भएकाहरु र औषधि सेवन गरिरहेकाहरु पनि व्रत बस्न हुँदैन ।

    यसबाहेक स्वास्थ्यअवस्था राम्रा भएकाहरु महिनामा एक दुईपटक वा हप्तामा एक दिन व्रत बसेको राम्रो हुन्छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij