Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

यस्ता छन् टुसा उम्रिएको मेथीका १० फाइदा

यस्ता छन् टुसा उम्रिएको मेथीका १० फाइदा

  • काठमाडौँ । मेथी गुणकारी खानेकुरा हो ।  मेथी तरकारी तथा खानामा प्रयोग गर्ने गरिन्छ । यसको दाना र साग धेरै प्रयोगमा आउने गर्छ । कपाल झर्ने समस्या, मोटोपन घटाउन मेथीको प्रयोग गरिन्छ । यति मात्र होइन मेथीलाई भिजाएर टुसा उमारेर सेवन गर्दा यसले मधुमेह, मोटोपन, मुटुको रोग, थाइराइड, उच्च रक्तचाप जस्ता समस्यालाई नियन्त्रण गर्छ । 

    images
    images
    images

    मधुमेह नियन्त्रण : अंकुराएको मेथीले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । यसमा हुने एमिनो एसिडले मधुमेह लागेका बिरामीहरुको शरीरमा इन्सुलिनको उत्पादन बढाउँछ ।महिनावारी गडबढी महिनावारी अनियमित हुने समस्यामा उमारेको मेथीले निकै फाइदा गर्छ । महिनावारीको समयमा हुने दुखाई, ऐठन, तनाव आदिलाई नियन्त्रण गर्न मद्दत गर्छ । 

    स्तनपान : स्तनपान गराइरहेकी महिलाको दूधको मात्रा बढाउन अंकुराएको मेथीको सेवन गर्नुपर्छ । यसमा आइरन, क्याल्शियम, फाइबर, प्रोटिन जस्ता तत्वहरु पाइन्छ । 

    मोटोपन घटाउन : यसमा ग्लालेक्टोम्यानन नामक पोलिसाक्साइड हुन्छ । जसले भोकलाई नियन्त्रण गर्छ । र मेटाबोलिज्म बढाउँछ । बिहान उठ्नेवित्तिकै टुसा उमारेको मेथी खाने र रातिको खाना खानुभन्दा ३० मिनेट अगाडि यसको सेवनले तौल नियन्त्रण हुन्छ । 

    पेटका लागि फाइदाजनक : यसमा ७५ प्रतिशत फाइबर हुन्छ । जसले गर्दा सजिल्यै पाचन हुन्छ । यसले पेटमा गयास्ट्रोइंटेस्टाइनल  प्रणालीलाई पनि सही बनाउँछ । जसले पाचन प्रक्रिया सही तरिकाले काम गर्न थाल्छ । यसले कब्जियत, एसिडिटी जस्ता समस्याबाट बचाइराख्छ । 

    मुटु स्वस्थ राख्न : यसले कोलेस्ट्राल मात्रा नियन्त्रण गर्छ । रगतमा  ट्राइग्लिसराइड्स नामक फ्याट कम गराउँछ । यसले मुटु रोग मात्र होइन हृदयघातको खतराबाट पनि बचाउँछ । 

    आमाशय : यसमा स्यापोनिन नामक तत्व हुन्छ । यसले आमाशयलाई सुरक्षा कवचको रुपमा काम गर्छ । यसले हानिकारक ब्याक्टेरियालाई मार्ने र पेट फुल्ने, ग्यास जम्मा हुने जस्ता समस्याबाट राहत दिलाउँछ । 

    ज्वरो :२ चम्चा टुसा पलाएको मेथीमा मह र कागती मिसाएर खाँदा ज्वरोमा फाइदा पुग्छ । यसले ब्याक्टेरियल इन्फेक्शनबाट पनि बचाउँछ । 

    क्यान्सरबाट बचाउँछ : हरेक दिन एक कचौरा मेथी खाँदा शरीरमा क्यान्सर प्रतिरोधी गुण बिकास हुन्छ । जसले क्यान्सर लाग्नबाट बचाउँछ ।

    रतगको कमि : टुसा पलाएको मेथीमा आइरन हुने भएकाले यसको दैनिक सेवन गर्दा शरीरमा रगतको कमि हुदैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij