
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। ३ हजार ४८८ स्वाब नमूना परीक्षण गराउँदा १०४ जनामा कोरोना संक्रमण देखिएको हो। बुधबार थप ६३ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन्। यो सहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। निको हुनेको दर ९८.६ प्रतिशत हो। देशभर ९११ सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ। अहिले ५५ जना क्वारेन्टिन र ९११ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।बुधबार कोरोनाबाट कसैको पनि मृत्यु एको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij