Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

कुमारी निवास पुनःनिर्माण हुने

कुमारी निवास पुनःनिर्माण हुने

  • काठमाडौं ।  ललितपुर महानगरपालिका–१६ मा रहेको कुमारी निवास पुनःनिर्माण हुने भएको छ । रत्नाकर महाविहारका सदस्य करुणारत्न बज्राचार्यले कुमारी निवास पुनःनिर्माण गर्न लागिएको बताए ।

    images
    images
    images

    उनले भने, “कुमारीलाई पूजा गरिने कुमारी छें अर्थाक कुमारी घर गोरखा भूकम्पले जीर्ण बनाउँदा संरक्षण गर्ने कुरा अघि बढेको छ ।” महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भारत सरकारको अनुदानमा रु चार करोड ५५ लाखमा उक्त काम अघि बढाइने भएको बताए ।

    images

    उनले भने,“सो घर निर्माण हुने भएसँगै कुमारीलाई भने नजिकै रहेको रत्नाकर महाविहारमा राखेका छौ ।” कुमारीलाई महालक्ष्मीका साथै महादेवीका रुपमा पुजिने गरिएको बज्राचार्यले जानकारी गराए ।

    लिच्छविकालीन समय गुणकामदेवको पालादेखि ललितपुरमा कुमारी स्थापना गर्ने चलन रहेको बज्राचार्यको भनाइ छ । कुमारीलाई मन्दिर बनाएर शिलामा जीवित देवीका रुपमा समेत पुज्ने गरिन्छ । नेवार समुदायका मानिसले कुमारीलाई हरेक वर्ष रातो मच्छिन्द्रनाथ जात्राका साथै बुद्धजयन्ती अनि ठूला ठूलामा जात्रामा पनि पुज्ने गर्छन् । सरकारले पहिचान गरेका २८ सांस्कृतिक सम्पदाको संरक्षण र पुनःनिर्माण अन्तर्गत सो कुमारी निवास र कुमारी छें संरक्षणमा ध्यान दिइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij