
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । मानव शरीरलाई विभिन्न तत्वले फरक पार्छ । विशेषगरी तौल कम गर्न निकै मुश्किल हुन्छ । जेनेटिक्स, पर्यावरण र तौल गडबढ हुने समस्यालाई सजिल्यै कम गर्न सकिदैन । तर कहिलेकाँही खानेकुरा, शारीरिक गतिविधि र खानपान जस्ता बानीले फिटनेस रहन जरुरी हुन्छ ।
थोरै खाना र तौल : विस्तारै खाना खाँदा शरीरको तौल नियन्त्रण हुन्छ । विस्तारै खाना खाने व्यक्तिहरुलाई अल्छी भन्ने गरिन्छ । तर विस्तारै खाना खाँदा तौल कम हुन्छ । थोरै थोरै समयको अन्तरालमा खाना खाँदा भोक लाग्ने समस्या कम हुने र क्यालोरीको सेवन पनि कम हुन्छ ।
विस्तारै खाना खाँदा :विस्तारै विस्तारै खाना खाँदा पाचन प्रक्रिया सक्रिय हुने भएकाले पोषक तत्वहरु पाचन पनि सजिल्यै हुन्छ ।विस्तारै चपाएर खाना खाँदा खानाको सन्तुष्टि पनि मिल्छ भने मन पनि प्रसन्न हुन्छ । यसले सीधा तनाव कम गर्न पनि योगदान पुर्याउँछ । यसले पाचन प्रक्रियालाई सहायता पुराउँछ र तौल कम गर्न प्रोत्साहित गर्छ ।
विस्तारै चपाउँदा क्यालोरीको सेवन कम र तौल पनि कम हुन्छ । विस्तारै खाँदा मोटोपनको खतरा पनि कम हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij