
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण देखिएको छ। संक्रमित हुनेमा २५ महिला ३४ पुरुष छन्। २ हजार ७१५ स्वाब नमूना परीक्षण गराउँदा ५९ जनामा कोरोना संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ। यस्तै मंगलबार थप ६० जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७० हजार ९८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८।६ प्रतिशत हो। देशभर ८७० सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ। मंगलबार कोरोनाबाट थप १ जनाको मृत्यु एको छ।
यस्तै अहिले ५६ जना क्वारेन्टिन र ८७० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij