Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

महिनावारी रोक्ने औषधिका गम्भीर असरहरु यस्ता छन्

महिनावारी रोक्ने औषधिका गम्भीर असरहरु यस्ता छन्

  • काठमाडौँ । महिलाहरुमा हरेक महिना महिनावारी चक्र आउने गर्छ । महिनावारी प्राकृतिक प्रक्रिया हो । हरेक महिना २८ देखि ३८ दिनको बीचमा महिनावारी चक्र शुरु हुन्छ । तर, कहिलेकाँही महिलाहरु कुनै विशेष कार्यक्रममा लागि औषधि खाएर महिनावारीलाई पछाडि सार्ने काम गर्छन् । यस्ता औषधिले महिनावारी त पछाडि सार्छ तर यसले स्वास्थ्यमा गम्भीर असर पार्छ । 

    images
    images
    images

    कसले प्रयोग नगर्ने ?
    ३० वर्षभन्दा बढी मधुमेह वा मोटोपनको शिकार भएका महिलाहरुले यो औषधिको सेवन गर्नुहुँदैन । यस्ता औषधिले स्वास्थ्यमा समस्या बढाउँछ । यसैगरी, रगत जम्ने समस्या छ भने यस्तो औषधिले झनै समस्या बढाउँछ । 

    समस्या
    महिनावारी रोक्ने औषधिले महिनावारी चक्र र सम्पूर्ण प्रजनन् स्वास्थ्यमा असर पुर्याउँछ । यसले महिनावारी चक्र बिगार्छ । साथै, महिनावारी चक्र पनि गडबढ गर्छ । यस्तै, यस्ता औषधिले गर्भाधान गर्न पनि असर पुग्छ । यसका साथै, यस्ता औषधिले २० प्रतिशत महिलामा अत्यधिक रगत बग्ने समस्या पैदा गर्छ । जुन कयौँ महिनासम्म रहन्छ । बारम्बार यस्ता औषधिको सेवनले नसामा रगत जम्ने, पल्मोनरी एन्बोलिज्म जस्ता रोगको खतरा बढाउँछ । यसले पेटमा दुखाई बढ्ने, ऐठन हुने र बान्ता हुने जस्ता समस्या पैदा हुन्छ । 

    महिनावारी रोक्ने औषधिले मिर्गौलामा मेटाबोलाइज्ड गर्ने प्रक्रिया रोक्न सक्ने भएकाले स्वास्थ्यसँग जोडिएको विभिन्न समस्याहरु पैदा हुन्छ । महिनावारी रोक्ने औषधिले हर्मोनमा गडबढी पैदा गर्छ । 

    महिनावारी नियमित नहुने भएकाले पेटमा बोसो जम्मा हुन थाल्छ । जसले गोप्य अंगमा इन्फेक्शन हुने, इरिटेशन हुने, पिसाबमा जलन हुने, थकान, कमजोरी र पेट खराब हुने जस्ता समस्या हुन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij