Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा १०औं मिनेटमा आशिष राईको गोलमा सातदोबाटोले पहिलो अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा भुवन बस्नेतको गरेको प्रहार बाँसबारीका खेलाडीलाई लाग्दै गोल भएपछि सातदोबाटोले २–० को अग्रता बनाएको थियो। प्रवेश बस्नेतले सातदोबाटोका लागि ५३औं मिनेटमा तेस्रो गोल गरे। ६२औं मिनेटमा दिनेश राईले चौथो गोल गरेपछि सातदोबाटोले सहज जित सुनिश्चित गरेको हो। सातदोबाटोले नौ मध्ये एक खेल बराबरी खेलेको थियो। कूल २५ अंकका साथ सातदोबाटो लिगको शीर्ष स्थानमा रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij