Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

कोरोनाभाइरस खोप: इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको खोप

कोरोनाभाइरस खोप: इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको खोप

  • काठमाडौँ । इटली सरकारले कोरोनाभाइरसविरुद्धको अक्सफोर्ड आस्ट्राजेनेका खोप अस्ट्रेलिया पठाउन रोकि दिएको छ। उक्त निर्णयले गर्दा इटलीस्थित आस्ट्राजेनेकाको कम्पनीमा निर्मित २ लाख ५० हजार खोप पठाइने योजना प्रभावित भएको छ। युरोपेली सङ्घ ९ईयू० को नयाँ नियम प्रयोग गर्दै कदम चाल्ने इटली पहिलो युरोपेली देश बनेको छ।

    onlinepatrika
    Arghakhachi

    उक्त नियममा यदि कम्पनीले ईयूलाई दिने वाचा गरेअनुसार खोप उपलब्ध गराउन नसकेमा उसका उत्पादन निर्यात गर्न रोक्न सकिने प्रावधान छ। अस्ट्रेलियाले एउटा खेप आफूले पाउन नसक्दैमा खोप अभियान प्रभावित नहुने बताएको छ। इटलीको कदममा युरोपेली आयोगको साथ रहेको समाचारहरूमा जनाइएको छ।

    AGNI GROUP

    आस्ट्राजेनेका यो वर्षको पहिलो तीन महिनामा दिने भनि सम्झौता भएको ४० प्रतिशत खोप सदस्य राष्ट्रहरूलाई उपलब्ध गराउने चरणमा छ। उसले उत्पादनमा आएको समस्यालाई ढिलाइको कारण बताएको छ। ज्यानुअरी महिनामा इटलीका तत्कालीन प्रधानमन्त्रीले आस्ट्राजेनेका र फाइजर दुवैले खोप आपूर्तिमा गरेको ढिलाइ अस्वीकार्य भएको बताउँदै कम्पनीहरूमाथि करार उल्लङ्घन गरेको आरोप लगाएका थिए।

    खोप अभियानको सुस्त गतिलाई लिएर ईयूको व्यापक आलोचना भइरहेको छ। गत वर्षको जुन महिनामा स्थापित ईयू खोप योजनाअन्तर्गत उसले सदस्य राष्ट्रहरूको तर्फबाट खोप खरिद गर्ने सम्झौता गरेको थियो।इटलीको कदमबारे ईयू र आस्ट्राजेनेकाको तर्फबाट औपचारिक प्रतिक्रिया आएको छैन। गत सातादेखि फाइजररबायोएनटेक प्रयोग गर्दै खोप अभियान सुरु गरेको छ।

    आस्ट्राजेनेका खोप शुक्रवारदेखि लगाउने कार्यक्रम थियो। अस्ट्रेलियाले आफूले तीन लाख खोप प्राप्त गरिसकेको र आउँदो महिनादेखि स्थानीय रूपमै खोप उत्पादन गरिने जनाएको छ। त्यहाँका स्वास्थ्यमन्त्रीले इटलीमा खोप रोकिएका कारण आउँदो साताको खोप वितरण योजना प्रभावित नहुने बताएका छन्।

    आफूले चालेको कदम प्रकाश पार्ने क्रममा इटली सरकारले अस्ट्रेलिया जोखिममा रहेका देशमा नपर्ने बताउँदै ईयू र इटलीमा खोपको स्थायी अभाव रहेको जनाएको छ। यो सामाचार बीबीसीबाट लिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij