
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको कोरोना सम्बन्धी राष्ट्रिय अद्यावधिक विवरण अनुसार नेपालमा हालसम्म २१ लाख ७९ हजार ४७ वटा नमुना परीक्षण भएको छ ।
यससँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमितको कूल सङ्ख्या २ लाख ७४ हजार चार सय ८८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । २ लाख ७० हजार ६ सय ८३ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ । हाल सम्म नेपालमा ३ हजार १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij