
Apr 22 2025 | २०८२, वैशाख ९ गते
सुर्खेत । कर्णाली प्रदेशका नौ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । सुर्खेत बाहेक अरु सबै जिल्ला कोरोना संक्रमण मुक्त बनिसकेका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार सुर्खेतबाहेक अन्य कुनै पनि जिल्लामा सक्रिय संक्रमित छैनन् ।
हिजो मुगुसहित कर्णालीका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना संक्रमण शून्यमा झरेको हो । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतमा ११ जना सक्रिय संक्रमित रहेका छन् । सुर्खेतमा मंगलबार सम्मको अवधिमा ३ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार ७९ वटै पालिकाका स्वास्थ्य संस्थाबाट दोश्रो चरणको कोरोना विरुद्धको खोप लगाइने तयारी पनि थालिएको छ । त्यसको लागि आवश्यक तयारी पुरा भएको निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले रातोपाटीलाई जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij