काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको थप आठ लाख डोज खोप अनुदानमा दिने भएको छ । चीन सरकारले नेपालका लागि थप आठ लाख खोप दिने निर्णय गरेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमार्फत् जानकारी दिएकी छिन् ।
यसअघि चीनले नेपाललाई पाँच लाख डोज सिनोफार्म खोप उपलब्ध गराउने घोषणा गरेको थियो । अब थप हुने ८ लाख डोज खोपसहित चीन सरकारले नेपाललाई १३ लाख डोज खोप उपलब्ध गराउने छ ।