
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ । नेपालमा ९ सय ६८ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ ।
हालसम्म देशभर २१ लाख ६५ हजार ९ सय ८५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६१ जना रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij