Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

 खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम

 खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम

  • काठमाडौं  । नुवाकोटमा अग्रपङ्क्तिमा सेवा प्रवाहमा कार्यरत लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै कोरोना रोग विरुद्धको खोप ९कोभिशील्ड०को पहिलो डोज लगाएका छन् । जिल्लामा हालसम्म दुई समूहमा सञ्चालन गरिएको खोप कार्यक्रममा आठ हजार ७९ जनाले कोरोना रोग विरुद्ध खोप लगाउन नाम सूचीकृत गरे पनि कार्यक्रम सम्पन्न हुदाँसम्म तीन हजार ८८६ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिनुभयो । 

    onlinepatrika
    Arghakhachi

    दोस्रो चरणको खोप कार्यक्रम सोमबार सम्पन्न भएको छ । फागुन २ देखि शुरु भएको दोस्रो चरणको लागि ६ गतेसम्म तोकिएको भए पनि लक्ष्यभन्दा निकै कमले सहभागिता जनाएसगैँ ८ गतेसम्म समय थप गरिएको थियो ।

    AGNI GROUP

    स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार नाम दर्ता गराएको लक्ष्यभन्दा आधाभन्दा कमले मात्रै खोप लगाउनुलाई खोप लगाउँदा तोकिएको मापदण्ड (दीर्घरोग सम्बन्धी औषधि सेवनकर्ता, कोरोनाको सक्रिय सङ्क्रमित, गर्भवती तथा स्तनपान गराउँदै आएका सुत्केरीलाई नहुने) अनुसार नाम दर्ता गराउने धेरै र सेवा लिनेको सङ्ख्या कम देखिएको हुनसक्ने अनुमान छ ।

     यद्यपि खोप लगाएपछि देखिने शारीरिक प्रतिक्र्रिया र खोपप्रतिको विश्वाससमेत कम भएर लगाउनेको सङ्ख्या लक्ष्यभन्दा कम भएको हुनसक्ने स्वास्थ्य कार्यालयको भनाइ छ । नुवाकोटमा पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि र दोस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि चलाइएको थियो । 

    सरकारी कर्मचारी, स्थानीयतहका जनप्रतिनिधि, पत्रकार, जिल्लास्थित बैंकको शाखा कार्यालय र सहकारी तथा वित्तीय संस्थाका कर्मचारीसमेत गरेर पाँच हजार ६५८ जनाले खोप लगाउन नाम सूचीकृत गरे पनि सो अवधिमा दुई हजार ८१ जनाले खोप लगाएका थिए । त्यसअघि पहिलो चरणको खोप कार्यक्रममा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंयसेविका, एम्बुलेन्स र शवबाहनका चालक, सरसफाइकर्मीलाई लक्षित गरेर चलाइएको खोप कार्यक्रममा दुई हजार ४२१ जनालाई खोप लगाउने लक्ष्य राखे पनि एक हजार ५७६ जनाले मात्रै खोप लगाएका थिए ।

    दुवै समूहमा छुट भएकालाई समावेश गरेर सोमबार चलाइएको खोप कार्यक्रममा २२९ जनाले सेवा लिएका थिए । बाह्र स्थानीय तह रहेको नुवाकोटमा त्रिशूली अस्पताल खोप केन्द्रमार्फत नौ र खरानीटार अस्पतालमार्फत बाँकी तीन स्थानीयवासीलाई सेवा दिने गरेर खोप कार्यक्रम चलाइएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij