Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

आज काठमाडौं उपत्यका र काभ्रेमा बाढीको 'रेड अलर्ट'

आज काठमाडौं उपत्यका र काभ्रेमा बाढीको 'रेड अलर्ट'

  • काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका खोला तथा नदीमा जलसतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेमा उच्च जोखिम रहेको भन्दै रेड अलर्ट जारी गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसहित आसपासका क्षेत्रमा आकस्मिक बाढीको जोखिम सबैभन्दा बढी रहेको छ। ती जिल्लाबाट बग्ने साना नदी तथा खोलामा अचानक बहाव बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दा तथा यात्रुले विशेष सावधानी अपनाउनुपर्ने जनाइएको छ ।

    AGNI GROUP

    यसैगरी पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलालीलगायत जिल्लाका साना नदी तथा खोलामा पनि बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ। ती क्षेत्रमा मध्यम स्तरको आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।

    मौसमीय प्रणाली सक्रिय रहेकाले केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। त्यसैले नदी किनार, होचा भूभाग तथा बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन र सम्बन्धित निकायको सूचना नियमित रूपमा पालना गर्न महाशाखाले आग्रह गरेको छ।

    1_VBrB0B3Cei.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij