Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

चालु लाइनमै विद्युत मर्मत सुरु

चालु लाइनमै विद्युत मर्मत सुरु

  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु लाइनमा नै मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ । कायम मुकायम कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट मर्मत थालनी गरेको प्राधिकरणले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    ‘उपभोक्ताहरूलाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत् उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक आजबाट चालु अवस्थाको विद्युत् लाइन अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मत सम्भार कार्यको सुरुवात गरेका हौँ,’ लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार यादवले भने, ‘चालु लाइनमै मर्मत–सम्भार गर्ने कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने उद्देश्यले यो नमुना कार्यको रुपमा सुरुवात गरेका हौँ ।’

    AGNI GROUP

    बुटवल उपमहानगरपालिका–११, कालिकानगरमा रहेको ११ केभी लाईनको मर्मत गरी कार्य प्रारम्भ गरिएको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझाले जानकारी दिए । प्राधिकरण कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझा, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख यादव, बुटवल ग्रिड महाशाखा प्रमुख अनिल बन्जाडेसँगै विभिन्न वितरणका केन्द्र प्रमुखहरु, आयोजना प्रमुखहरुको उपस्थितिमा तालिम प्राप्त कर्मचारीहरुले अत्याधुनिक मर्मत उपकरण प्रयोग गरी चालु लाइनको मर्मत कार्य गरेका थिए ।

    हाललाई नमुनाको रुपमा सुरुवात गरिएको यो कार्यलाई प्रभावकारिता र आवश्यकताको आधारमा विशेषगरी सहरी क्षेत्रमा विस्तार गरिने कायमुकायम कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

    मर्मत कार्यमा गर्नुपर्ने अनिवार्य लाइन कटौतीमा कमी आई भविष्यमा उपभोक्ताहरुले नियमित र थप भरपर्दो विद्युत् सुविधा प्राप्त गर्ने अपेक्षा प्राधिकरणले गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij