Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुरका सीडीओले लगाएनन् खोप : व्यस्तताले खोप नै भुसुक्कै !

ललितपुरका सीडीओले लगाएनन् खोप : व्यस्तताले खोप नै भुसुक्कै !

  • प्रमुख जिल्ला अधिकारी निरौलाले फागुन ७ गते नै खोप लगाउने भनेर डायरीमा टिपोट गरेका थिए । तर बैठक र भेटघाटले खोप लगाउन नभ्याउँदै समय बित्यो ।

    images
    images
    images

    ललितपुर । ललितपुरमा खोप अभियान एक साता चल्यो । सरकारले प्राथमिकतामा राखेका समूहले खोप लिए । ललितपुरभर करिब ५ हजार खोप दिइएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । यसैबीच, अनलाइन पत्रिकाले खोप लिनेहरुको नामावलीको प्रमाण प्राप्त गर्दा ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको नाम फेला परेन ।

    images

    प्रशासनको कर्मचारी स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी निरौलाले फागुन ७ गते नै खोप लगाउने भनेर डायरीमा टिपोट गरेका थिए । तर बैठक र भेटघाटले खोप लगाउन नभ्याउँदै समय बित्यो । जबकी सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले फागुन ३ गते नै खोप लगाएर पाखुरा समाउँदै कार्यालय पसेका थिए । 
    अनलाइन पत्रिकासँग सम्पर्कमा आएका स्वास्थ्य स्रोतका अनुसार धेरै जनप्रतिनिधिले समेत खोपप्रति चासो देखाएनन् ।

    यस्तै स्वास्थ्यले खोपको लागि समय तालिका दिन फोन सम्पर्क गर्दा समेत खोपका सम्बन्धमा कुरा सुन्न चाहेनन् । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार सरकारको नियम अनुसार फागुन ७ गते नै अन्तिम समय भनेर तोकिएको हुनाले छुटेकालाई खोप दिन सकिएन । मंगलबार दिउँसो शंखु पुगेका डा. गेलालले भने,‘छुटेकाहरुले फागुन २३ गतेपछि खोप लगाउन पाइनेछ ।’ 

    हामीले प्रजिअ निरौलालाई ‘खोप लिन बिर्सनुभएको हो ? भनेर सोध्दा प्रजिअले दिनुभएको जवाफ यस्तो छ । 

    images

    ‘त्यो दिन प्रजातन्त्र दिवस थियो । म बिहानैदेखि काठमाडौंमा पुगेँ । फर्किएर आएँ । मानवअधिकार सम्बन्धीमा कार्यक्रममा सहभागी भएँ । कार्यक्रम ढिला शुरु हुँदा खोप केन्द्र पुग्न ढिलो भयो । ३ बजे खोप केन्द्र बन्द हुने रहेछ । यसकारण मैले खोप लिन छुटाएँ । मैले पाटन प्रतिष्ठान र स्वास्थ्य केन्द्रका प्रमुखहरुसँग कुरा गरे । उहाँहरुले अब दोश्रो चरणमा लिदाँ हुन्छ भन्नुभएको छ । अबको पालोमा म खोप लिनेछु ।’

    ढुण्डीप्रसाद निरौला
    प्रमुख जिल्ला अधिकारी, ललितपुर

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij