Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले दुईदिने बिदा दिने निर्णय सच्चाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको शून्य समयमा बोल्दै उनले सेवाग्राहीलाई समस्या परेको बताए । ‘सरकारले एक हप्तामा दुई दिन बिदा दिने नियम बनाएको छ ।
सरकारी कर्मचारी, पारिश्रमिक खाने सबै राष्ट्रसेवकहरू एक हप्तामा दुई दिन बिदाको सुविधा पाउनुभएको छ ।
तर सेवाग्राहीलाई कति मर्का परेको छ रु सरकारसँग हिसाब छ रु पूरै वर्षमा यसरी हप्ताको दुई दिन बिदा दिँदा सेवाग्राहीलाई समस्या परेको छ,’ उनले भने, ‘शनिबारको बिदा आइतबार दिए हुन्छ । दुई दिनको बिदा बन्द गरेर साविककै एक दिन दिन माग गर्छु ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij