Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

दिपक भट्टको बयान

‘दुबई र सिंगापुरमा घर किनेको छैन’

‘दुबई र सिंगापुरमा घर किनेको छैन’

  • काठमाडौँ । व्यवसायी दीपक भट्ट विरूद्ध अदालतमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी कसुरमा अभियोग दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनको आधारमा विशेष सरकारी वकिल कार्यालयले उनीविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    भट्टलाई चैत १९ मा सीआईबीले पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाएको थियो । विभागले उनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबारे दुई महिना सम्म अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । भट्ट र उनका साझेदारहरू मिलेर हिमालयन रि–इन्स्योरेन्स सहित पाँच वटा इन्सुरेन्स कम्पनीबाट रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको छ । ४ अर्ब भन्दा बढी रकम अपचलन गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) छुट्टै अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालयमा बैंकिङ्ग कसुर र धितोपत्र सम्बन्धी दुई वटा छुट्टाछुट्टै अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

    AGNI GROUP

    हिमालयन रि–इन्स्योरेन्सको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको घटनामा भट्टले कसुर गर्ने मनसायले कुनै पनि कारोबार नगरेको बयान दिएका छन् । इन्फिनिटी होल्डिङ्स प्रालिका सञ्चालक भट्टले कम्पनीको नाममा जग्गा र शेयर खरिद गर्दा सम्पत्ति शुद्धीकरण गर्ने गरी स्रोतलाई छल्न नखोजेको जिकिर गरेका छन् । अनुसन्धान अधिकृत र सरकारी वकिलसँग उनले भनेका छन्, ‘मैले कहीँ कतै हिमालयन रिको रकम दुरुपयोग गरी ५५ नम्बर ब्रोकर कम्पनीमा सो रकम ल्याई दुरुपयोग गरेको होइन ।’

    भट्टले आफूले सम्पत्ति शुद्धीकरण गरेर थाइल्यान्ड, दुबई र सिंगापुर लगायतका देशहरूमा घर खरिद गरेको अस्वीकार गरेका छन् । उनले भनेका छन्, ‘विदेशमा घर किनेको भन्ने विषय सरासर झुटा हो ।’  

    हिमालयन रि–इन्सुरेन्स कम्पनी लिमिटेडको रकम ५५ नम्बर ब्रोकर कम्पनीमा आफूले नल्याएको जिकिर गर्दै भट्टले आफ्नो नामबाट सुलभ अग्रवालले शेयर कारोबार गर्ने गरेको आरोप लगाएका छन् । बयानमा उनले भनेका छन्, ‘नम्बर ५५ ब्रोकरसँग सुलभ अग्रवालले मेरो नाममा शेयर कारोबार गरेका रहेछन् ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij