Jun 11 2026 | २०८३, जेठ २८ गते
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृतरूपमा प्रसारण गर्ने तयारी गरिरहेका ३५ वटा वेबसाइट र एपहरूलाई तत्काल बन्द ९ब्लक० गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले बिहीबार मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।
प्राधिकरणले नेपालमा विश्वकप फुटबल–२०२६ को विशेष र आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क (हिमालय स्पोर्ट्स) र डिसहोम डिजिटल प्रा.लि. (डिगो) को संयुक्त उपक्रम (HTV-DGO Broadcasting Consortium JV) ले मात्र प्राप्त गरेको प्रष्ट पारेको छ।
विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निःशुल्क स्ट्रिमिङ गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले अनधिकृत प्रसारणमा रोक लगाउन भनेको छ ।
प्राधिकरणकी सहायक निर्देशक सुनिता पाण्डेले सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गरेकी हुन् ।
प्राधिकरणले रोक लगाउन निर्देशन दिएका प्लेटफर्मको सूचीमा kick.com, freeplyrr, sportzfy, sportzfyapp.cc, cricfytv, cricty.net, smartric.com, webcric.eu, yasin-tv.net, streameast.to, र ronaldo7.net लगायत रहेका छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij