Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

कोशीलाई क्षेत्रीय आईटी हब बनाउने अवधारणा सार्वजनिक

कोशीलाई क्षेत्रीय आईटी हब बनाउने अवधारणा सार्वजनिक

  • काठमाडौं । नेपालको सूचना प्रविधि अर्थतन्त्रको परिदृश्यलाई द्रुत रूपमा रूपान्तरण गर्दै काठमाडौंमा केन्द्रित प्रविधि क्षेत्रको लहरलाई प्रादेशिक स्तरमा विकेन्द्रित गर्ने उद्देश्यका साथ एक साहसिक डिजिटल अभियानको सुरुवात गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    कोशीलाई क्षेत्रीय आईटी हब बनाउन काठमाडौंदेखि विराटनगर डिजिटल कोरिडोरको रणनीतिक नारासहित प्रविधि क्षेत्रका नेतृत्वकर्ता र नीति निर्माताहरूले ऐतिहासिक नीतिगत मार्गचित्र सार्वजनिक गरेका छन् । जसलाई ‘कोशी रिजनल आइटी हब’ नामक रणनीतिक दस्ताबेजमा समेटिएको छ ।

    AGNI GROUP

    प्रादेशिक डिजिटल अभियानलाई कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कोशी प्रदेशले क्यान महासंघ मोरङ शाखा, सुनसरी र उदयपुर जिल्ला शाखाको विशेष सहकार्यमा अगाडि बढाएको हो ।

    कार्यक्रम क्यान महासंघ कोशी प्रदेशका अध्यक्ष सन्देश राईको अध्यक्षता तथा सूचना प्रविधि क्षेत्रका स्थापित लिडर एवं मुख्य वक्ता क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको प्रमुख उपस्थितिमा भएको हो ।

    कोशीको प्रविधि इकोसिस्टमका लागि नेतृत्वकर्ताहरूको एकीकृत संकल्पःरणनीतिक खाकाको प्रशंसाः क्यान महासंघका केन्द्रीय सचिव ठाकुर कुमार श्रेष्ठले आईटी लिडर अधिकारीद्वारा विकसित गरिएको अवधारणात्मक खाकाको प्रशंसा गरे ।

    क्यान महासंघ कोशी प्रदेशका अध्यक्ष सन्देश राईले आफ्नो नेतृत्वदायी मन्तव्य राख्दै भने, ‘कोशी क्षेत्र आफैमा एक क्षेत्रीय आईटी हब हो र यस क्षेत्रका प्रत्येक सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्न हामी पूर्ण रूपमा तयार छौँ ।’

    स्थानीय प्रतिभा र स्टार्टअपको प्रवद्र्धनः क्यान महासंघ मोरङका अध्यक्ष सुमित कुमार शाहले मानवीय पूँजीको महत्त्वमा जोड दिँदै भने, ‘हामीले नीतिगत बहस र पैरवी मार्फत यस क्षेत्रका स्थानीय प्रतिभा र प्रविधि स्टार्टअपहरूलाई बढावा दिनुपर्छ।’

    उद्यमशीलताको विकासः क्यान महासंघ सुनसरीका अध्यक्ष लोकेन्द्र प्रसाद ढकालले भने, ‘नेपालमा दिगो प्रविधि इकोसिस्टम निर्माण गर्न स्थानीय स्तरका आईटी व्यवसायी र उद्यमीहरूलाई प्रवद्र्धन गर्नु नै मुख्य कडी हो।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij