Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

पूर्वसांसद छिरिङले त्यागिन् नेकपा, स्वतन्त्र बनेको घोषणा

पूर्वसांसद छिरिङले त्यागिन् नेकपा, स्वतन्त्र बनेको घोषणा

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा पूर्व सांसद छिरिङ ल्हमुले पार्टीका सबै जिम्मेवारी परित्याग गर्दै स्वतन्त्र भएको घोषणा गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    यसअघिको प्रतिनिधिसभामा माओवादीबाट समानुपातिक सांसद रहेकी छिरिङले विहीबार वक्तव्य जारी गर्दै आफूलाई पार्टीभित्रकै केही नेताले यस्तो निर्णय लिन बाध्य पारेको बताएकी छन् ।

    AGNI GROUP

    वक्तव्यमा उनले भनेकी छन्- मलाई यो निर्णय लिन बाध्य बनाउने संकीर्ण, असहिष्णु र निषेधको राजनीतिलाई धन्यवाद दिन चाहन्छु, किनकि त्यसैले मलाई स्वतन्त्रताको मूल्य अझ गहिरो रूपमा बुझाएको छ।

    उनले आफ्नोविरुद्ध चौतर्फी षड्यन्त्रका जालो बुन्ने, आत्मबल कमजोर पार्ने तथा राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने प्रयासहरू बारम्बार भएको उनले बताएकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij