Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

मोरङ

९ सय २२ किलोग्राम गाँजा बरामद

९ सय २२ किलोग्राम गाँजा बरामद

  • काठमाडौं । सशस्त्र प्रहरीले मोरङ जिल्लाको जहदा गाउँपालिका–७ स्थित महादेवकोल ईलाकाबाट जेठ २८ गते करीब ९ सय २२ के.जी. गाँजा बरामद गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म सोराभाग र बोर्डर आउट पोष्ट नोचाबाट खटिएको टोलीले जेठ २७ गते राती ११ बजे पाएको विशेष सूचनाको आधारमा उक्त गाँजा बरामद गरेको हो ।

    AGNI GROUP

    लक्ष्मिनियाबाट तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीमा धानको भुसको बोराले छोपेर लुकाई छिपाई लैजाँदै गरेको उल्लेखित परिमाणको २९ पोका गाँजा बरामद गरिएको हो । उक्त गाडीलाई स्कटिङ गर्ने बीआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ । गाडी र मोटरसाईकल चालक भने फरार भएका थिए ।

    नियन्त्रणमा लिइएको गाडी, मोटरसाईकल र बरामद गाँजा सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij