
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइको सम्पूर्ण प्रक्रिया सकेको सर्वोच्च अदालतले आज मंगलवारका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ । सोमवारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्ने समय सीमा तोकेको सर्वोच्चले आजका लागि हेर्दाहेर्दैको पेसी तोकेको हो ।
संसद विघटनविरुद्ध परेका रिटमाथि गत पुस ८ गतेदेखि सुनुवाइ शुरु भएको थियो । संवैधानिक इजलासमा गत माघ ४ देखि भएको बहस गत शुक्रवार सकिएको थियो।
पाँच सदस्यीय संवैधानिक इजलासमा सकेसम्म एउटै रायमा निर्णय सुनाउने प्रयास हुन्छ । न्यायाधीशहरूबीच राय बाझिएमा बहुमत न्यायाधीशहरूको जे राय हुन्छ, त्यही निर्णय सदर हुन्छ । हरेक न्यायाधीशहरू आफ्नो राय दिन स्वतन्त्र हुने भएकाले इजलासको नेतृत्व गर्ने प्रधानन्यायाधीश जबराको भूमिका पनि एउटा न्यायाधीशको भन्दा बढी हुँदैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij